ई–आर्थिक, काठमाडौं । आयुर्वेद क्षेत्रको एक मात्र केन्द्रीय छाता संस्था राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान) ले बाग्मती प्रदेश प्रथम भेला यही माघ २१ गने गर्ने भएको छ ।
आयुर्वेद क्षेत्रका आयुर्वेद औषधि उत्पादक, आयुर्वेद चिकित्सक , आयुर्वेद ब्यबसायी र आयुर्बेद स्वास्थकर्मीहरुको हकहित र अधिकारका लागि केही महिना अगाडि मात्र बिधिवत रुपमा स्थापना भएको आयुर्वेद क्षेत्रको एकमात्र साझा संस्था रानले आफ्ना अधिकारहरुको रक्षा गर्न हाल देश ब्यापी रुपमा सङ्गठन बिस्तार अभियानलाई आक्रमक बनाइ रहेको अबस्थामा बाग्मती प्रदेश को प्रथम भेला गर्न लागेको हो ।
माघ २८ गते प्रथम राष्ट्रिय महाधिवेशन तोकिए पनि केन्द्रिय कार्यसमितिले शक्ति निर्माण नभै सकेको भन्दै प्रथम महाधिवेशनलाई चैत्र २५ गते भब्यताका साथ सम्पन्न गर्ने भन्दै मिति परिबर्तन गरेर सङ्गठन बिस्तारमा लागेको संस्थाका केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराईले बताउनु भयो ।
उहाँले बाग्मती प्रदेशमा रहनु हुने सम्पुर्ण आयुर्वेद उत्पादकहरु, चिकित्सकहरु, स्वास्थकर्मी हरु र आयुर्वेद औषधी ब्यबसायीहरुलाई यही माघ २१ गते केन्द्रिय कार्यालय कोटेश्वरमा सहभागी भै बाग्मती प्रदेश प्रथम भेला लाई भब्यताका साथ सफल बनाउन सहभागी हुन अध्यक्ष भट्टराईले अनुरोध गर्नु भएको हो । प्रथम भेला ले बाग्मती प्रदेश साखा कार्यालय स्थापना गर्नुका साथै बाग्मती प्रदेश तदर्थ समिती समेत निर्माण गर्ने उहाले जानकारी दिनु भयो ।
रानका केन्द्रीय महासचिव हृदयनारायण चौधरीले बागमती प्रदेशको १३ वटै जिल्लाका आयर्बेद स्वास्थ्यकर्मी, व्यवसायी र उत्पादक साथीहरुको उल्लेख्य उपस्थिति हुने विश्वास लिनुभयो । ‘देशकै आयुर्बेद क्षेत्रको उल्लेख्य संख्या रहेको बागमति प्रदेशका सबै आयुर्बेदकर्मीहरुले भेलालाई ऐतिहासिक बनाउने विश्वास मैले लिएको छु ।’ रानका महासचिव चौधरीले भन्नुभयो– ‘म उल्लेख्य र उत्साहप्रथ उपस्थितिका लागि सबैलाई आग्रह गर्दछु ।’
