ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले नेपालका विभिन्न स्थानमा सामाजिक काम गरेर संस्थाको बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसर पारेर सरकारले आयुर्वेद नदेखेकोले आँखा खोलेर हेर्न रानले आग्रह पनि गरेको छ ।
आफ्नो वार्षिकोत्सवको अबसरमा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) का सस्थापक अध्यक्ष जगत बहादुर भट्टराईले ललितपुर स्थित मानव सेवा आश्रमको कार्यक्रममा बोल्दै देशै भरी रहनुहुने आयुर्वेद क्षेत्रमा आवद्द आयुर्वेदकर्मीहरुलाइ हालको आर्थिक मन्दिको कारण ब्यबसाय चौपट्ट भए पनि निराश नहुन आग्रह गर्नु भयो ।
उहाँले नेपाल आयुर्वेद तथा जडिबुटिको माध्यम बाट सक्षम हुने बताउदै राज्य तथा सम्बन्धित सरोकारवाला निकाए का आखाले हालसम्म पनि आयुर्वेद जस्तो महत्वपुर्ण कुरा नदेखेको बताउदै सरकारलाइ आँखा खोलेर हेर्न आग्रह गर्नु भयो ।
उहाँले नेपाल भरी रहनुहुने आयुर्वेद चिकित्सक, आयुर्वेद ब्यबसायी, आयुर्वेद स्वास्थ्यकर्मी, आयुर्वेद उत्पादकहरुलाइ संस्थामा आबद्ध हुन आग्रह गर्दै सबैले इमान्दारिताका साथ आफ्नो कर्तब्य निर्वाह गर्नुपर्ने बताउनु भयो ।
उहाँले देशै भरी भएका कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाइ हार्दिक आभार धन्यवाद टक्र्याउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव हृदयनारायण चौधरीले गर्नु भएको थियो ।
कहाँ कहाँ के–के कार्यक्रम भए ?
आयुर्वेद औषधि बितरण तथा खाध्यान्न सहयोग कार्यक्रम
स्थान : मानव सेवा आश्रम ललितपुर

एशोसिएसनले केन्द्रिय कार्यालयको आयोजनामा ललितपुर स्थित मानव सेवा आश्रममा आयुर्वेद औषधि बितरण तथा खाद्यन्न सामग्री सहयोग कार्यक्रम गरि बार्षिकोत्सब मनाएको छ । उक्त अबसरमा शक्तिबद्र्धक औषधि साथै बृद्धबृद्धाहरुलाइ आवश्यक पर्ने एक सय उनन्तीस थान औषधि साथै ३५००० मुल्यको चामल दाल चना तेल लगाएतका खाध्यन्न सामाग्री सहयोग गरेको थियो ।

निःशुल्क स्वास्थ्य सामग्री बितरण, भोजन एबम बृक्षरोपण कार्यक्रम
स्थान : मानव सेवा आश्रम चितवन

एशोसिएसनले राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल चितवन जिल्लाको आयोजनामा एशोसिएसनका केन्द्रिय उपाध्यक्ष बालगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा र संस्थाका केन्द्रीय सचिव नारायण खतिवडाको विशिष्ट आतिथ्यतामा भरतपुर चितवन स्थित मानव सेवा आश्रमका बृद्धबृद्धाहरुलाइ एकछाक भोजन गराउनुका साथै निःशुुल्क आयुर्वेद औषधि एबम स्वास्थ्य सामग्री बितरण गर्दै प्राङ्गणमा बोटबिरुवाहरुको बृक्षरोपण गरेर सम्पन्न गरेको छ । सस्थाका चितवन जिल्ला कार्यबाहक अध्यक्ष डा. यान्थस बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चितवन जिल्ला सचिव लक्ष्मण जि.सि.ले गर्नु भएको थियो ।
नगद तथा औषधि बितरण
स्थान : अमोर सेवा नेपाल बाल गृह स्याङ्जा

रानको प्रथम वार्षिकोत्सबको अवसरमा गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको फेदिखोला स्थित अमोर सेवा नेपाल बाल गृहमा औषधि तथा नगद रु २६५०० बितरण गरेर संस्थाका बरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएकोछ । कार्यक्रममा योग ध्यान नाचगान गर्नुका साथै सम्पुर्ण बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेर मनायिएको थियो ।कार्यक्रमको अध्यक्षता गन्डकी प्रदेशका अध्यक्ष डा. प्रेम किशोर मिश्रले गर्नु भएको थियो भने कार्यक्रम सलन सस्थाका सचिव नेत्र बहादुर भुजेल ले गर्नु भएको थियो ।
४० लुम्बिनीमा पनि मनायियो बार्षिकोत्सब
स्थान : स्यडोज कटेज देबिनगर बुटवल

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनामा बुटवल स्थित स्यडोज कटेजमा भब्यताका साथ बार्षिकोत्सब कार्यक्रम मानिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. प्रबेश श्री वास्तब को प्रमुख आतिथ्यता र रानका सस्थापक केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश सालिकराम भुसालको बिशिस्ठ आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रदेश अध्यक्ष नरहरी अर्यालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन रुपन्देही जिल्ला सचिव मधु पन्थीले गर्नु भएको थियो । कार्यक्रममा ६०र६५ जनाको उपस्थिति रहेको थियो । आयुर्वेदसँग सम्वन्धित विभिन्न ब्यक्तित्व हरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कोशी प्रदेशमा पनि मनायियो बार्षिकोत्सब
स्थान : हेप्पि आयुर्बेद मेडिकल धरान

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रान को कोशी प्रदेश को आयोजनामा कोशी प्रदेश ले पनि भेला भएर बार्षिकोत्सब कार्यक्रम मनायको छ । सस्थाका सस्थापक केन्द्रिय उपाध्यक्ष (कोशी प्रदेश)ओमराज लिम्बुको प्रमुख आतिथ्यमा र संस्थाका केन्द्रीय सह–कोषाध्यक्ष रामबाबु यादवको बिशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रमको सञ्चालन कोशी प्रदेश कोषाध्यक्ष हिरा पौडेलले गर्नु भएको थियो ।
उदयपुर जिल्लामा पनि मनाइयो बार्षिकोत्सब
स्थान : सुखायु आयुर्वेद अस्पताल गाइघाट

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) उदयपुर जिल्लाले पनि संस्थाको प्रथम बार्षिकोत्सब मनाएको छ । उदयपुर जिल्ला अध्यक्ष कबिता कुमारी साहको अध्यक्षताको भएको कार्यक्रममा रानका केन्द्रिय सदस्य इन्द्रजित यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन उदयपुर जिल्ला सदस्य पशुपती साहले गर्नुभएको थियो ।
पर्सा जिल्लामा पनि मनाइयो वार्षिर्षिकोत्सव
स्थान : आरोग्य आयुर्वेद क्लिनिक बिरगन्ज

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) पर्शा जिल्लाले पनि संस्थाको प्रथम बार्षिकोत्सब मनाएको छ । पर्शा जिल्ला अध्यक्ष मनोज कुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा रानका केन्द्रिय सदस्य सञ्जयकुमार प्रसाद प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पर्सा जिल्ला सचिवले गर्नुभएको थियो ।
