२०८३ साउन १० आइतबार

प्राधिकरणद्वारा भारतमा विद्युत् निर्यातको अनुमति

ई आर्थिक    बुधबार, पौस १३ २०७९
2.6K
Shares
प्राधिकरणद्वारा भारतमा विद्युत् निर्यातको अनुमति

ई–आर्थिक, काठमाडौं । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट थप ४३.६५ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा सूचीकृत गर्न अनुमति दिएको छ ।

अनुमति पाउने दुई आयोजनामा २४.२५ मेगावाटको काबेली बी १ र १९.४ मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योसँगै अब प्राधिकरणले ४५२.६ मेगावाटसम्म विद्युत् आईआईएक्समा बिक्री गर्न बाटो खुलेको छ ।

सुक्खायाम सुरु भएसँगै पर्याप्त विद्युत् उत्पादन नभएपछि प्राधिकरणले अहिले भारतबाट विद्युत् खरिद गरेर देशभित्र विद्युत् आपूर्ति गरिरहेको छ । आगामी वैशाख अन्तिमदेखि भने निर्यात थाल्ने योजना प्राधिकरणको छ । प्राधिकरणले गत वर्षदेखि दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी आईएक्समा बिक्री सुरु गरेको थियो ।

यो वर्ष थप आयोजनाले अनुमति पाएपछि २७ जेठबाट छवटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री थालेको थियो । त्यस्तै १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । अहिले थप दुई आयोजनासँगै १० जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारततर्फ निर्यातको अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij