२०८३ साउन १० आइतबार

‘स्पिलिट बिल’ को सुविधा नमस्ते पे एपबाट सुचारु

ई आर्थिक    मंगलबार, मंसिर २७ २०७९
6.9K
Shares
‘स्पिलिट बिल’ को सुविधा नमस्ते पे एपबाट सुचारु

ई–आर्थिक, काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्पिलिट बिलको सुविधा प्रयोग गर्न सक्ने भएका छन् । यो सुबिधाको फाइदा एण्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन् ।

साथीभाई र आफन्तसँग खाजा खाँदा होस् या सपिङ जाँदा, नमस्ते पे को स्पिलिट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ । क्यूआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिने नमस्ते पे सञ्चालक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी)ले जानकारी दिएको छ ।

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।

नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी यूएसएसडी मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij