२०८३ साउन १२ मंगलबार

७० मेगावाटको मध्यमर्स्याङ्दीको उत्पादन घटेर ६० मेगावाटमा झ¥यो

ई आर्थिक    आइतबार, मंसिर २५ २०७९
5.5K
Shares
७० मेगावाटको मध्यमर्स्याङ्दीको उत्पादन घटेर ६० मेगावाटमा झ¥यो

ई–आर्थिक, लमजुङ : मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन घट्न थालेको छ । देशकै ठूलोमध्येको एक उक्त जलविद्युत आयोजना ७० मेगावाटको यो आयोजनाबाट औसत ६० मेगावाट बिजुली उत्पादन भइरहेको छ । एक सातादेखि उत्पादन घट्दै गएको केन्द्रले जनाएको छ । मर्स्याङ्दीमा पानीको बहाव कम हुन थालेपछि आयोजनाले पूर्ण क्षमतामा ‘लोड’ दिन नसकेको हो ।

हिउँ पग्लिएर बग्ने भएकाले मौसम चिसिएसँगै हिउँ पग्लिन कम हुँदा पानीको बहाव पनि कम भएको हो । बेंसीसहर नगरपालिका–१ उदीपुर चिप्लेटीमा बाँध बाँधेर सुन्दरबजार नगरपालिका–९ सिउँडीबारमा मध्यमर्स्याङ्दीले विद्युत्गृह निर्माण गरी उत्पादन गरिरहेको छ । नदीमा पानीको बहाव कम हुँदै गएपछि उत्पादन क्रमशः घट्दै गएको केन्द्र प्रमुख पवन बस्नेतले बताए । यो क्रम माघ–फागुनसम्म चल्छ । त्यसपछि उत्पादन विस्तारै बढ्दै जाने उनको भनाइ छ ।

आयोजनामा ३५ मेगावाटका २ वटा टर्बाइन छन् । ‘अहिले औसतमा ६० मेगावाट छ । रातिको ५/६ घण्टा एउटा टर्बाइन मात्रै सञ्चालन हुन्छ । एउटा मात्रै टर्बाइन सञ्चालन हुँदा ३५ देखि ३६ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ ।

भारप्रेषण केन्द्रले उसको आवश्यकताअनुसार ‘लोड’ तलमाथि गर्ने उनले बताए । माघमा २२ हजार मेगावाट आवर र फागुनमा २१ हजार मेगावाट आवरमा विद्युत् उत्पादनको प्रक्षेपण गरिएको छ । कात्तिकमा ४० हजार मेगावाट आवरमा विद्युत् उत्पादन भएको उनले जनाए । मंसिरमा ३६ हजार मेगावाट आवर प्रक्षेपण गरिएको बस्नेतले बताए । आयोजनलाई यस वर्ष बृहत् मर्मत गरिने भएको छ । यसमा ओभरहेलिङको काम हुनेछ । सिभिलतर्फ ड्यामसाइटका साथै पावरहाउसभित्रको टर्बाइनलगायत मर्मत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij