२०८३ साउन ९ शनिबार

मर्जरमा रहेका बैंकलाई जिम्मेवार बनाउने राष्ट्र बैंकको प्रयत्न, जिम्मेवार बन्न १० बैंकलाई निर्देशन

ई आर्थिक    सोमबार, कार्तिक २८ २०७९
8.2K
Shares
मर्जरमा रहेका बैंकलाई जिम्मेवार बनाउने राष्ट्र बैंकको प्रयत्न, जिम्मेवार बन्न १० बैंकलाई निर्देशन

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका १० वाणिज्य बैंकहरुलाई मर्जरका लागि जिम्मेवार बन्न निर्देशन दिएको छ । ती बैंकहरुलाई जिम्मेवार बनाउने प्रयत्न गर्दै राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन सम्बन्धित बैंकहरुलाई  दिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले राष्ट्र बैंक जसरी भए पनि मर्जर सम्झौता गरेका बैंकहरुबीच मर्जर सम्पन्न गर्ने मनसायमा रहेको छ । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता सम्झौता गरेका १० वटै वाणिज्य बैंकलाई भनेको छ, ‘सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भंग गर्न पाइने छैन, आफू खुसी गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रिया भंग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारवाही गरिनेछ ।’

(क) अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई शेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने ।

(ख) दुबै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने ।

(ग) दुबै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने ।

(घ) दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने ।

(ङ) दुबै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij