२०८३ साउन १२ मंगलबार

समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्र सुधार गर्नुपर्नेमा कार्यवाहक राष्ट्रपति राष्ट्रपति पुनको जोड

ई आर्थिक    बिहिबार, कार्तिक २४ २०७९
6.2K
Shares
समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्र सुधार गर्नुपर्नेमा कार्यवाहक राष्ट्रपति राष्ट्रपति पुनको जोड

ई–आर्थिक, काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् । नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरणसभालाई बिहीबार सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भई निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताए ।

नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउन नेपाल–चीन उद्योग वाणिज्य संघलगायतका संस्थाले समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्यांक हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताए । उनले नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजजन्य सामग्री चीन निर्यातको ठूलो सम्भवना रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij