ई–आर्थिक, काठमाडौं । नेपालका अर्बपति विनोद कुमार चौधरीले दिन रातको मेहनत, लगनशीलता र परिश्रमले आफ्नो लक्ष्य पुरा गरेको बताएका छन् ।
जिन्दगीको कालखण्डमा आफूले देखेका भोगेका र हाँसिल गरेका उपलब्धिहरु सजिला नभएको पनि चौधरीले बताएका छन् ।
समृद्धिको लागी ‘मेहनत’ गरेर आफुलाई प्रमाणित गरेंको भन्दै चौधरीले अब देशको समृद्धिको लागी ‘राजनीति’ रोजेको बताएका छन् । फेसबुक पेजमा कविता पोष्ट अबको मेहनत, रणनीतिक लगानी र सम्बन्धहरु ‘देश’ को लागी भनेर प्रतिबद्धता जनाएका छन् ।
नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा होमिएका चौधरीले उद्योग व्यवसाय र राजनीतिलाई सँगसँगै लगेका छन् ।
कविताको पूर्ण अंश
जिन्दगीको..
कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका
उपलब्धिहरु सजिला थिएनन् !
दिन रातको मेहनत, लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !
जुन देशको पानी पिँए
जुन देशको माटोमा टेकेर म उभिँए
जुन देशको शितल हावा पिएर म बाचेँ
आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,
पिँएको पानीको मुल्य चुकाउनु छ !
टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ !
बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,
आज म जुन धरातलमा उभिँएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !
जनताको सुख/दुखमा हातेमालो गर्दै
भोलि उदाँउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघिनै देशको मुहार फेर्नु छ !