ई–आर्थिक, गोरखा । गोरखा पालुङटारमा १ दिने बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानीय सरस्वती तमु आमा समूह, राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल र ओशो कैलाश आश्रमको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता आमा समूहका अध्यक्ष अनिता गुरुङले गर्नुभएको थियो भने पालुङटार नगरपालिका नगर उप–प्रमुख बन्दना पाण्डेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बृहत १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २९५ जना विरामीहरूले स्वास्थ्य परिक्षण गराएका थिए भने करिब ३ लाख पसास हजार बराबरको आयुर्वेद औषधि निःशुल्क बितरण गरिएको थियो ।

निःशुल्क आयुर्वेद शिविर आयोजना भएकोमा आयोजक टिम प्रती उच्च प्रशङ्सा गर्नुहुदै निःशुल्क आयुर्वेद औषधि उपलब्ध गर्नु हुने नेचर केयर होम प्रालि आयुर्वेद हस्पिटल, पोखरा, पीयूष आयुर्वेद फर्मा पोखरा, संगमो आयुर्वेद फर्मा डुम्रे र आयुर्वेद कम्पनीहरु (गोरखा, रुद्रदेव, भास्कर, ओजस, चरक, बान, एमिल, झण्डु, निम) लाई बिशेष धन्यवाद दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एबम पालुङटार नगरपालिकाका उप–प्रमूख बन्दना पाण्डेले आयुर्वेद चिकित्सा प्राचीन एबम मौलिक चिकित्सा भएकोले कोभिड–१९ र डेङ्गु रोग नियन्त्रणमा गुर्जो, जेठिमधु, अश्वगन्धा, च्वावनप्रास, मेवाको पात लगायतका आयुर्वेदऔषधि अति प्रभावकारिता देखिएकोले जनमानसमा यसको महत्व अझ बढेर गएको जानकारी गराउनु भयो । आयुर्वेदले निर्दिष्ट गरेका जनतालाई आरोग्यमय बनाउन उपयोगी शिक्षालाइ पालिकाले पालिकामा अवस्थित आयुर्वेद औषधालय, राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल टिम र स्थानीय युवा तथा महिला समूहसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण राउतले कक्षा १ देखि नै आयुर्वेद तथा योग शिक्षा पाठ्यक्रममा समावेश गर्न, स्थानीय बन जङ्गलमा बनमारा मासेर जडिबुटी लगाउन, अदुवा, वेसार, कुरिलो, अजवाइन, तुलसी, अश्वगन्धा, पदिना, पिप्ला लगायताका जडिबुटीहरु घर वरिपरी लगाउन अभियान संचालन गरिसकेको हुनाले यस महान अभियानमा स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्दै स्थानीय आमा समूह, युवा क्लब, टोलसुधार समिति, कृषक, विद्यार्थी, शिक्षक बर्गसंंंग सहकार्य गर्दै अगाडि बढिरहेको जानकारी गराउनु भएको छ ।
राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल, गण्डकी प्रदेश अध्यक्ष डा. प्रेम किशोर मिश्र र नेचर केयर होम प्रालि आयुर्वेद हस्पिटलका आयुर्वेद चिकित्सक डा. शेर बहादुर थापाले २९५ जना विरामी मध्य अधिकांश अर्थराइटिसका विरामी रहेका जानकारी गराउनु हुँदै जमराको स्वरस, दुवो, गुर्जो, बेसार, बेलौतिको पात, मेवाको पात लगायतका आयुर्वेद औषधि तथा घरेली जडिबुटी सेवन गर्दा आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मी संंघ परामर्श लिएर मात्र सेवन गर्न सुझाउनु भयो ।

योग अन्तर्गत ध्यान, प्रणायम र आशन नियमित गर्नाले हामीलाइ रोग लाग्नबाट बचाउन मद्दत पुर्याउने आयुर्वेद शिक्षामै उल्लेख भएकोले सबैलाइ नियमित योग गर्न आयोजक एबम ओशो कैलाश आश्रमका सञ्चालक स्वामी प्रेम सुवासले बताउनु हुँदै ओशो कैलाश आश्रममा हुने नियमित ओशो धानमा पाल्नुहुन सबैलाइ निमन्त्रणा दिनु भयो ।
कार्यक्रमको सफलताको शुभकामना दिनुहुदै च्याङलिङ सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्र कडेलले कोभिड–१९ मा नेचर केयर होम आयुर्वेद हस्पिटल पोखरा र संगमो आयुर्वेद फर्मा डुम्रेले निःशुल्क उपलब्ध गराउनु भएको आयुर्वेद औषधि संक्रमितहरुलार्इ उहाँहरुकै घर–घरमा पुगेर वितरण गरेको स्मरण गर्नु हुँदै आयोजक टिम र सहयोगी टिमलाइ धन्यवाद दिनुभयो ।

कार्यक्रममा स्थानीय माओवादी केन्द्रका नेता ओम प्रकाश गुरुङ, पालुङटार आयुर्वेद औषधालयका आयुर्वेद अधिकृत बसन्त घिमिरेले जनताद्वारा आयुर्वेदप्रतिको विश्वास दिनानुदिन बढ्दै गएकाले खुशी ब्यक्त गर्नु भएको थियो ।