२०८३ साउन ११ सोमबार

श्रृजनशील लघुवित्तको आईपीओ ३६ हजार ८५९ जनाले पाउने, बाँडफाँट भोली सोमवार

ई आर्थिक    आइतबार, भाद्र २६ २०७९
5.4K
Shares
श्रृजनशील लघुवित्तको आईपीओ ३६ हजार ८५९ जनाले पाउने, बाँडफाँट भोली सोमवार

ई–आर्थिक, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ भोली सोमवार बिहान बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा आईपीओ बाँडफाँट हुने छ । कम्पनीको आईपीओमा मागभन्दा ५६ दशलमव ८७ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यस कम्पनीको आईपीओ ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीको आईपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । कुल कित्तामध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij