२०८३ साउन ११ सोमबार

श्रृजनशील लघुवित्तको आईपीओ बाडफाँट, १८ लाख बढी आवेदकमा ३६ हजार ८ सय ५९ जना आवेदकले पाए १० कित्ता

ई आर्थिक    सोमबार, भाद्र २७ २०७९
8.8K
Shares
श्रृजनशील लघुवित्तको आईपीओ बाडफाँट, १८ लाख बढी आवेदकमा ३६ हजार ८ सय ५९ जना आवेदकले पाए १० कित्ता

ई–आर्थिक, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको सम्पन्न भएको हो ।

आईपीओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको छ भने १८ लाख ३७ हजार ४ सय ३६ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कराचारीहरुको लागि छुट्याईएको छ भने १९ हजार ६ सय ९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij