२०८३ साउन ११ सोमबार

श्रृजनशील लघुवित्तको आईपीओमा आइतवारसम्म मात्रै आवेदन दिन सकिने, अहिलेसम्म प¥यो ३४ गुणा बढी आवेदन

ई आर्थिक    शुक्रबार, भाद्र १७ २०७९
5.2K
Shares
श्रृजनशील लघुवित्तको आईपीओमा आइतवारसम्म मात्रै आवेदन दिन सकिने, अहिलेसम्म प¥यो ३४ गुणा बढी आवेदन

ई–आर्थिक, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ३४ दशमलव १५ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार भदौ १७ गते बिहान १० बजेसम्म १२ लाख ९ हजार ३०७ जना आवेदकहरूबाट १ करोड ३४ लाख ४९ हजार ८७० कित्ता शेयर खरीद माग भएको हो ।

कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यका रू ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयर भने सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागिएको हो ।

मागभन्दा बढी आवेदन परिसकोले यो आईपीओ छिटोमा भदौ १९ गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरोशेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सक्ने छन् ।

हाल कम्पनीमा संस्थापकहरूबाट चुक्ता भएको पूँजी रू. ७ करोड रहेको छ । कर्मचारी समेत सर्वसाधारणमा आईपीओ विक्री तथा बाँडफाँट पश्चाथ कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार कायम हुनेछ । कम्पनीमा हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व कायम छ भने सर्वसाधारणमा ३६ प्रतिशत शेयर वितरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij