२०८३ साउन १० आइतबार

अल्फाबिटाका अनधिकृत संरचनामा डोजर लाग्यो, डोजर चलेपछि मेयर शाहले भने–‘नक्सा पास जसरी भएको छ त्यसरी नै भवन निर्माण गर्नुहोला ।’

ई आर्थिक    बिहिबार, भाद्र ९ २०७९
5.4K
Shares
अल्फाबिटाका अनधिकृत संरचनामा डोजर लाग्यो, डोजर चलेपछि मेयर शाहले भने–‘नक्सा पास जसरी भएको छ त्यसरी नै भवन निर्माण गर्नुहोला ।’

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले अल्फाबिटाका अनधिकृत संरचनामा डोजर लगाएको छ । डोजर चलाएपछि मेयर बालेन्द्र शाहले नक्सा पास भएअनुसार संरचना बनाउन आग्रह गरेका छन् ।

नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा लेखेर शाहले अब यसरी गर्न नपरोस् भन्दै सचेत समेत गराएका छन् ।

अबउपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला, उनले भने ।

नियमविपरीत बनाइएका संरचना हटाउन अग्रिम सूचना जारी गर्दा पनि अटेर गरेको विषयमा बिहीबार बिहान मेयर शाह र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की परेको थियो । अवैध संरचना हटाउनुको साटो उल्टो नक्सा मागेपछि आक्रोशित बनेका मेयर शाहले केही घण्टाकै अन्तरालमा कम्प्लेक्समा डोजर चलाए ।

भनाभनको स्थिति सम्झाउँदै उनले लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij