२०८३ साउन ९ शनिबार

सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ई आर्थिक    मंगलबार, साउन १७ २०७९
4.7K
Shares
सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ई–आर्थिक, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १७ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझसम्ममा ११ लाख ९५ हजार ८७५ आवेदनबाट एक अर्ब ३६ करोड ४८ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४८ हजार ८०० कित्ता शेयरको लागि आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij