ई–आर्थिक, काठमाडौं । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन् । उनीहरु सबै हत्या गरिएको अवस्थामा मृत फेला परेका हुन् ।
तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरी जनाएको छ ।
एकै परिवारका बाबुआमा र छोराछोरी मृत फेला परेको काठमाडौँका प्रहरी प्रमुख भरत बोहराले जानकारी दिए ।
घटनाको बारेमा छानविन गर्न काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली घट्नास्थल पुगिसकेको छ । घटनास्थल पुगेसँगै प्रहरीले अनुसन्धान थालिसकेको बताएको छ ।