२०८३ साउन ९ शनिबार

अख्तियारद्वारा मुद्दा दायर, करोडौं बिगो दाबी

ई आर्थिक    आइतबार, असार १२ २०७९
2.8K
Shares
अख्तियारद्वारा मुद्दा दायर, करोडौं बिगो दाबी

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय प्रमुख अधिकृत शिवराज सेढाईंसहित दुुई जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेढाईंले हेटौँडाको न्यु पाथिभरा सप्लायर्सलाई न्यूनतम सर्त पूरा नगरे पनि उपमहानगरपालिकाभित्रको गिट्टी, बालुवा उत्खनन तथा सप्लायर्सको जिम्मा दिएर राजस्व चुहावट गराएको आयोगको दाबी छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा यस कार्यबाट एक करोड २० लाख २८ हजार ९० रुपियाँ राजस्व नोक्सान भएको दाबी गरिएको छ । सेढाईंविरुद्ध सोहीअनुसारको बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ ।

त्यस्तै न्यु पाथिभरा सप्लायर्सले कबोल गरेबमोजिम एक करोड २० लाख २८ हजार ९० रुपियाँ राजस्व दाखिला नगरेकोले सो रकमको मूल्य अभिवृद्धि कर ४६ लाख ४४ हजार पाँच सय १० रुपियाँसमेत गरेर एक करोड ६६ लाख ७२ हजार ६०० रुपियाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ ।

सो सप्लायर्सका प्रोप्राइटर मीराकुमारी श्रेष्ठलाई पनि एक करोड ६६ लाख ७२ हजार ६०० रुपियाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij