२०८३ साउन १० आइतबार

राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार झा

ई आर्थिक    मंगलबार, असार ७ २०७९
4.6K
Shares
राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार झा

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले उनलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका हुन् ।

पत्रकार झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उनी नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचनाको हकको राष्ट्रिय अभियन्तासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij