२०८३ साउन १२ मंगलबार

पल शाहलाई थुनामा राख्न उच्च अदालत पोखराको आदेश

ई आर्थिक    शुक्रबार, जेष्ठ २० २०७९
9.5K
Shares
पल शाहलाई थुनामा राख्न उच्च अदालत पोखराको आदेश

ई–आर्थिक, काठमाडौं । नायक पल शाहलाई थुनामै राख्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदाल पोखराले करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई थुनामै राख्न आदेश दिएको हो ।

न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दिएको आदेशलाई सदर गरेको हो ।

पुर्पक्ष थुनामा राख्ने आदेशविरुद्ध शाहले गत चैत १८ र वैशाख १३ गते उच्च अदालतमा निवेदन दिएका थिए । आफूमाथि करणी अभियोग लागेपछि ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए ।

१० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij