२०८३ साउन १० आइतबार

शुक्रबारको पहिलो सेयर कारोबार, ९३ करोड रूपैयाँको किनबेच

ई आर्थिक    शुक्रबार, जेष्ठ ६ २०७९
3.7K
Shares
शुक्रबारको पहिलो सेयर कारोबार, ९३ करोड रूपैयाँको किनबेच

ई–आर्थिक, काठमाडौं । शुक्रबारको पहिलो सेयर कारोबार त्यति उत्साहजनक देखिएन । पहिलोपल्ट शुक्रबार कारोबार थालिएको आज नेप्से परिसूचक १६ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से १५.८२ अंकले घटेर बन्द भएको हो ।

नेप्से घटेर २२३५.०९ अंकमा पुग्दा २५ कारोबार रकम पनि निकै कम रह्यो । जम्मा २५ लाख २४ लाख कित्ता सेयर ९३ करोड रूपैयाँको किनबेच भयो ।

नेप्से घटेको दिन १३९ कम्पनीको सेयर मूल्य घटे ।

कारोबार सुरू भएदेखि नै धरमर बनेको नेप्सेले साढे १२ बजेसम्म बढ्ने संकेत गरेको भएपनि त्यसपछि निरन्तर घटेर नेप्से नेगेटिभ भएको हो ।

पहिलो शुक्रबारको कारोबारमा सेयर बजारले लगानीकर्ताले खुसी दिन सकेन । लगानीकर्ता पनि सदा झैं बिदा मानेर बजारमा सक्रिय नभएको महसुस गर्न सकिन्छ । यो ट्रेन्ड अलिक पुरानो भएपछि मात्रै बदलिने सक्रिय शेयर कारोबारीको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij