२०८३ साउन १२ मंगलबार

दुई हाइड्रोपावरको सेयर आउँदै, धितोपत्र बोर्डमा दिए निवेदन

ई आर्थिक    बुधबार, जेष्ठ ४ २०७९
5.5K
Shares
दुई हाइड्रोपावरको सेयर आउँदै, धितोपत्र बोर्डमा दिए निवेदन

ई–आर्थिक, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij