२०८३ साउन १२ मंगलबार

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेद्वारलाई प्रहरीको अनुरोध

ई आर्थिक    आइतबार, बैशाख २५ २०७९
3.5K
Shares
अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेद्वारलाई प्रहरीको अनुरोध

चुनाब प्रचारको क्रममा माओवादी केन्द्रका उम्मेदवारसहित ५ जनालाई खानेकुरामा विष खुवाइए पछि प्रहरीले उम्मेद्वारलाई यस्तो अनुरोध गरेको हो

ई–आर्थिक, काठमाडौं । नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचार–प्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात केही बेहोस् हुने र केही चक्कर लागेर लड्नेजस्ता घटना घटेको पाइएको भन्दै सचेत लगाएको हो ।

निर्वाचनजस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए प्रहरीलाई तत्काल खबर गर्न प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले आग्रह गरेका छन्।

सर्लाहीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई चुनाव प्रचारका क्रममा दिइएको खानेकुरामा विष पाइएपछि प्रहरीले यस्तो अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij