२०८३ साउन १२ मंगलबार

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, अन्तिम नामावली पनि आज साँझ ५ बजे प्रकाशन गरिने

ई आर्थिक    शुक्रबार, बैशाख १६ २०७९
3K
Shares
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, अन्तिम नामावली पनि आज साँझ ५ बजे प्रकाशन गरिने

ई–आर्थिक, काठमाडौं । स्थानीय निर्वाचनमा उम्मेद्वारी दिनेले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने भएको छ ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज साँझ ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको हो ।

यस्तै, आजै साँझ ५ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । जसअन्तर्गत एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

आयोगले बिहीबार साँझ दर्ता भएका ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।

यस्तै, अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।

यही वैशाख १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij