२०८३ साउन ९ शनिबार

देशभरबाट ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराए

ई आर्थिक    सोमबार, बैशाख १२ २०७९
6K
Shares
देशभरबाट ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराए

ई–आर्थिक, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय दिएको थियो ।

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा एक हजार ६२३ र उपप्रमुख पदमा ९५२ जनाको उम्मेदवारी परेको हो । गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ६०६ र उपाध्यक्ष पदमा एक हजार ४५ जनाको उम्मेदवारी परेको आयोगले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १२ हजार १५१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा १६ हजार चार जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा सात हजार ५९९ र दलित महिला सदस्यमा छ हजार ६३७ जना रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij