२०८३ साउन २० बुधबार

के हो ब्लु चिप शेयर ?

ई आर्थिक    शुक्रबार, कार्तिक १९ २०७८
4.3K
Shares
के हो ब्लु चिप शेयर ?

काठमाडौं । लामो समयदेखि नाफा कमाउँदै आएका तथा लगानीकर्ताहरुलाई उच्च लाभांश प्रदान गर्दै आएको कम्पनीको शेयरलाई ब्लु चिप शेयर भनिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस्ता कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् । सामान्य अर्थमा ती कम्पनीहरु लगानीकर्ताको विश्वास जितेका हुन्छन् अनि पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचित वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको शेयरहरुको बजार मूल्य प्रायः बढिरहेको हुन्छ ।

समयअनुसार आफुलाई अगाडि बढाउन नसक्ने कम्पनीहरु कुनैबेला ब्लु चिप कम्पनीको रुपमा स्थापित भएपनि समयसँगै टाट पल्टेका उदाहरण पनि रहेका छन् । कम्पनीको प्रगतिलाई सो कम्पनीमा व्यवस्थापनमा कस्ता व्यक्तिहरुको संलग्नता रहेको छ भन्ने कुराले ठूलो भुमिका खेल्ने गर्दछ ।

संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, शेयरधनीको विश्वास जितेका र व्यवस्थापन पक्ष राम्रो भएका कम्पनीहरुको शेयरलाई ब्लु चिप शेयरको रुपमा चिनिन्छ। कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्दछ ।

खासगरी दोश्रो बजारमा ब्लु चिप कम्पनीको शेयर मूल्य महंगो हुने गर्दछ ।

नेपालमा युनिलिभर नेपाल लिमिटेड, नविल बैङ्क, बोटलर्स नेपाल, नेपाल लाईफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयरलाई ब्लु चिप शेयरको रुपमा लिने गरिन्छ ।
सामान्यतया नेपालको हकमा कम्पनीको बजारमा उच्च छवि भएका तथा हकप्रदमा भन्दा बोनसमा वितरणलाई प्राथमिकता दिने कम्पनीलाई ब्लु चिप कम्पनीको रुपमा चित्रण गर्ने समाचार आर्थिक अभियानको अर्काइभमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij