२०८३ साउन १२ मंगलबार

नेकपा (एमाले) स्थायी कमिटी बैठक आज ४ बजे बस्दै, दसौँ राष्ट्रिय महाधिवेशनको तयारी मूख्य एजेण्डा

ई आर्थिक    बिहिबार, कार्तिक ११ २०७८
1.8K
Shares
नेकपा (एमाले) स्थायी कमिटी बैठक आज ४ बजे बस्दै, दसौँ राष्ट्रिय महाधिवेशनको तयारी मूख्य एजेण्डा

ई–आर्थिक, काठमाडौं । नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ ।

एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij