२०८३ साउन २० बुधबार

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ई आर्थिक    मंगलबार, असोज १९ २०७८
3.8K
Shares
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ई–आर्थिक, काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत शुक्रवारबाट २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सोमवार साँझ ५ बजेसम्ममा १८ लाख ९३ हजार ९५७ जना आवेदकबाट २ अर्ब ४० करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

कुल कित्तामध्ये १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ भने ४५ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै लगानीकर्ताले सि आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij