२०८३ साउन १४ बिहिबार

नेप्से उच्च अङ्कको गिरावटसँगै राताम्मै, परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो

ई आर्थिक    आइतबार, असोज १० २०७८
6.5K
Shares
नेप्से उच्च अङ्कको गिरावटसँगै राताम्मै, परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो

ई–आर्थिक, काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा ओर्लेको छ । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर रु ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा रहेको छ ।

नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बीमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बीमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रु ३१ करोड ८८ लाख ९९ हजार ५००, नेपाल बैंक रु २१ करोड ३४ लाख ९५ हजार ३१३, कामना सेवा विकास बैंक रु २० करोड ५८ लाख ६२ हजार २५०, नेशनल हाइड्रो पावर रु १७ करोड ८३ लाख ७६ हजार ८९४ र मेघा बैंक रु १७ करोड ७० लाख ९१ हजार २४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै, हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा ६.०३ प्रतिशतले वृद्धि भएको छ । सिटिजन म्युचुअल फण्ड एकको ३.४०, सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्स ८.९८, घलेम्दी हाइड्रोपावर ७.९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७.६६, वेसट फाइनान्स कम्पनी ७.६०, माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij