२०८३ साउन २० बुधबार

सर्बोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरण : दुई चन्द्रको राजिनामा, राजिनामाको नैतिक दबाबमा बोर्ड अध्यक्ष ढुंगाना

ई आर्थिक    बिहिबार, भाद्र १० २०७८
6.1K
Shares
सर्बोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरण : दुई चन्द्रको राजिनामा, राजिनामाको नैतिक दबाबमा बोर्ड अध्यक्ष ढुंगाना

ई–आर्थिक, काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका दुई जनाले राजिनामा दिएका छन् । यसरी राजिनामा दिनेमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रबन्धक चन्द्रसिंह साउद र नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले राजीनामा दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डका सदस्य बनेका थिए । उनले आफ्नो कार्य व्यस्तताको कारण महासंघको प्रतिनिधिको रुपमा अर्को व्यक्तिलाई पठाउनसमेत महासंघका अध्यक्ष शेखर गोल्छालाई अनुरोध गरेका छन् । ढकालले बोर्ड सञ्चालकमा मनोनयन अघि नै सर्वोत्तम सिमेन्टको सेयर किनेको दाबी गरेका छन् ।

ढकाल र साउदको राजीनामासँगै बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पनि राजीनामा गर्न नैतिक दवाव बढेको छ ।

ढुंगाना, साउद र ढकाललगायत उच्च पदस्थहरुले ‘इन्साइडर ट्रेडिङ’ गरी बुक विल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सूचना बाहिरिएसँगै अर्थ मन्त्रालयले छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij