२०८३ साउन २० बुधबार

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, ३६ हजार ८५९ जना आवेदकलाई १० कित्ताका दरले शेयर

ई आर्थिक    सोमबार, भाद्र ७ २०७८
7.3K
Shares
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, ३६ हजार ८५९ जना आवेदकलाई १० कित्ताका दरले शेयर

ई–आर्थिक, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संंस्थाले निष्काशन गरेको आईपीओ आज (सोमवार) बाँडफाँट गरेको छ ।

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो । कम्पनीको प्रि–अलोटमेन्ट भने गत बिहीवार नै सम्पन्न भइसकेको छ ।
मागभन्दा अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको थियो ।

यस लघुवित्तको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

यस आधारमा सर्वसाधारणलाई विक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको थियो भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij