ई–आर्थिक, काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित नुवाकोटका स्थानीयका लागि आज (सोमवार) देखि आईपीओ विक्री खुला गरेको छ ।
प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गर्न गर्दैछ ।
कम्पनीले यो आईपीओलाई छिटोमा भदौ १४ गते र उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म विक्री गर्ने जनाएको छ ।
स्थानीय बासिन्दाहरुले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यो आइपीओको निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी सिभिल क्यापिटलले पाएको छ ।
विक्री प्रबन्धक सिभिल क्यापिटलसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने जनाइएको छ ।
इक्रा नेपाल लिमिटेडले कम्पनीको यस आईपीओलाई कमजोर आधारहरुको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ डबल बि माइनस ग्रेडिङ प्रदान गरेको छ ।
कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९४ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ ।
प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को अपस्किृत वित्तिय विवरणमा उल्लेख छ ।