ई–आर्थिक, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बेलुकी सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सो बैठकमा चारै जना नवनियुक्त मन्त्रीहरु अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसालको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गर्दै निर्वाचनअघि सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि मंगलबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।