२०८३ साउन १२ मंगलबार

प्रहरीले १२१ किलो अवैद्य लागूऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लियो, फरार चालकको खोजीकार्य तीब्र

ई आर्थिक    बिहिबार, असार २४ २०७८
3.2K
Shares
प्रहरीले १२१ किलो अवैद्य लागूऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लियो, फरार चालकको खोजीकार्य तीब्र

ई–आर्थिक, काठमाडौं । प्रहरीले ठूलो परिणाममा अवैद्य लागूऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार करीब १२१ किलो गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।

हेटौंडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए ।

शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखेको अवस्थामा १२० किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फरार रहेका चालकको खोजीकार्य तीव्र पारिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij