२०८३ साउन १२ मंगलबार

जीवन विकास लघुवित्तको आईपीओ विक्री आजदेखि खुल्यो

ई आर्थिक    शुक्रबार, असार ११ २०७८
6.8K
Shares
जीवन विकास लघुवित्तको आईपीओ विक्री आजदेखि खुल्यो

ई–आर्थिक, काठमाडौं । मोरङको कटहरीमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज असार ११ गतेदेखि विक्री खुल्ला भएको छ ।

कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयर संख्या मध्ये ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि उक्त लघुवित्तले जनाएको छ ।

बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । उक्त शेयर न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने भएको छ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते रहेको छ । प्रतिफलयुक्त सेयर भएकाले चाँडै अर्थात असार १५ गते नै बन्द हुने निश्चित छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर त्रिपल बि माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

कम्पनीको उक्त सेयर खरिदकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई आईपीओ निष्कासन गर्न जेठ ३० गते अनुमति दिएको थियो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटल लिमिटेडले गर्ने छ ।

उक्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा कमाएको छ । यस अवधिसम्म जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij