२०८३ साउन ९ शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार

ई आर्थिक    आइतबार, जेष्ठ ९ २०७८
4.2K
Shares
राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार

ई–आर्थिक, काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएका छन् । प्रतिनिधिसभा विघटन गरेको विरोधमा ‘ओली–विद्या गठबन्धन’ लाई गोबर उपहार पठाएको विद्यार्थी नेताहरुले बताएका छन् ।

मध्यरातमा ‘ओली–विद्या गठबन्धन’ ले संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक विरोध स्वरुप उनीहरुलाई गोबर उपहार पठाइएको नेविसंघको भनाई छ ।

नयाँ बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर लत्पत्याएर विरोध जनाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरी नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघले त्रिपाठीको रिहाइको माग पनि गरेको छ ।

प्रतिनिधिसभा विघटनका विरुद्धमा विपक्षी दलका नेता कार्यकर्ताहरुले निषेधाज्ञाकैबीच सांकेतिक प्रदर्शन गरिरहेका छन् ।

दलका नेता तथा कार्यकर्ताहरुले मात्रै गरिरहेको विरोध विस्तारै दलका भातृसंगठनहरुमा सर्दै छ । यसैक्रममा नेविसंघलगायत विपक्षी दलको विद्यार्थी संगठनहरुसमेतले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij