ई–आर्थिक, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरस कोभिड–१९ का सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् ।
कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो तथ्यांक हेर्दा विगतको तुलनामा संक्रमित र मृत्यु हुनेको संख्या केही घटेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।