ई–आर्थिक, काठमाडौं । सत्तारूढ दल नेकपा एमालेलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको छ । पहिला एकै रहेको उक्त दुबै दलबीच भएको ठूला रस्साकस्सीका बीच माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
उक्त समर्थन फिर्ता लिएको औपचारिक पत्र माओवादी केन्द्रले संसद सचिवालयलाई जानकारी दिएको छ ।
मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।
पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले पत्रमार्फत आक्रोश समेत पोखेको छ । संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादी केन्द्रको ठहर छ ।
सरकारलाई दिएको समर्थन फिर्ताको पूर्ण पाठ

