• २०८३ साउन ९ शनिबार
  • Preeti to Unicode
  • Unicode to Preeti
ई-आर्थिक

२०८३ साउन ९ शनिबार

  • Preeti to Unicode
  • Unicode to Preeti
ई-आर्थिक
  • गृहपृष्ठ
  • विशेष सामाग्री
  • उद्योग
  • अटो
  • नारी
  • पर्यटन
  • विकास
  • अन्तर्वार्ता
  • वित्त बजार
    फाइनान्स कम्पनीबाणिज्य बैंकबीमालघुवित्तविकास बैंक
  • शेयर
  • सहकारी
  • बाणिज्य
  • शिक्षा
  • आर्थिक टिभी
  • अन्य
    समाचारडिजिटल विशेषांककृषिलेख विचारराजनीतिरोजगारस्वास्थ्यअचम्मको संसारब्रान्ड टकसमाज
  • गृहपृष्ठ
  • विशेष सामाग्री
  • उद्योग
  • अटो
  • नारी
  • पर्यटन
  • विकास
  • अन्तर्वार्ता
  • वित्त बजार
    • फाइनान्स कम्पनी
    • बाणिज्य बैंक
    • बीमा
    • लघुवित्त
    • विकास बैंक
  • शेयर
  • सहकारी
  • बाणिज्य
  • शिक्षा
  • आर्थिक टिभी
  • अन्य
    • समाचार
    • डिजिटल विशेषांक
    • कृषि
    • लेख विचार
    • राजनीति
    • रोजगार
    • स्वास्थ्य
    • अचम्मको संसार
    • ब्रान्ड टक
    • समाज

सगरमाथामा आरोही हालसम्मकै बढी, ४३ आरोही समूहका ४०८ आरोहीले लिए अनुमति

ई आर्थिक    शुक्रबार, बैशाख १७ २०७८
4.2K
Shares
सगरमाथामा आरोही हालसम्मकै बढी, ४३ आरोही समूहका ४०८ आरोहीले लिए अनुमति

ई–आर्थिक, काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आज जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् ।

सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् ।

Salapa Development Bank

Green Development

धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा चार आरोही समूहले आरोहण अनुमति पाएका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोड बढी रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

विभागका निर्देशक मीरा आचार्यले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनाका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताउनुभयो । मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उहाँको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधारशिविर पुगिसकेका छन् ।

सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन् । कोभिड महामारीका कारण अघिल्लो सन् २०२० को वसन्त आरोहण स्थगन भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहण पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो ।

    ४३ आरोही समूहका ४०८ आरोहीले लिए अनुमतिसगरमाथामा आरोही हालसम्मकै बढी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

E aarthik

चर्चित

१.

आत्मदाहको प्रयास गरेका उद्योगी तथा समाजसेवी राउतको निधन, आर्थिक तनाब र पारिवारिक झगडा रहेको समाचारले परिवार दुःखी

२.

विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३ प्रति निजी क्षेत्रको असहमति, तत्काल स्थगन गर्न इप्पानको माग

३.

कृषि कर्ममा छोरा नातीलाई चुनौति दिने बयोबृद्ध राउत दम्पत्ती, मेहनत र समाजसेवाको बने प्रेरणादायी उदाहरण

४.

व्यवसायी तथा समाजसेवी अस्मिन राउतको थुप्रै संयोग रहेको आत्मदाहको कथा

५.

इमाडोलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

६.

कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

ताजा अपडेट

१.

अक्सिजनको मूख्य श्रोत तुलसी


२.

चार महिनापछि नियन्त्रणउन्मुख बर्डफ्लु, साउनयता नयाँ सङ्क्रमण पुष्टि भएन


३.

समस्याग्रस्त सहकारीका ४८ बचतकर्तालाई १२ लाख रुपैयाँ फिर्ता


४.

बाँकेमा करिब ३ अर्ब रुपैयाँ विकास बजेट फ्रिज, लगातार दोस्रो वर्ष ठूलो रकम खर्च हुन सकेन


५.

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु


६.

सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुखसहित दुई कर्मचारी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ



सम्पर्क

सिभिल मिडिया प्रा. लि., बुद्धनगर, काठमाडौं
फोन : ०१–४१०२६३१
मोबाइल नं. : ९८५१०२३८४९
इमेल : [email protected]

सूचना विभाग द.प्र.प.नं. : ९२/०७३–०७४

प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ५७५
दर्ता मिति : २०७३/१२/०४

हाम्रो टिम

प्रबन्ध निर्देशक
सदेश खड्का

प्रधान सम्पादक
धनबहादुर राउत (रोशन)

पुरा टिम
महत्वपूर्ण लिंकहरु
  • प्रिती टु युनिकोड
  • युनिकोड टु प्रिती
  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टिम
सोसल मिडिया
  • फेसबुक
  • ट्विटर
  • युट्युब
  • इन्स्टाग्राम

© 2026 All right reserved to earthik.com | Site By : Sobij