२०८३ साउन १० आइतबार

गरिमा विकास बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

ई आर्थिक    शुक्रबार, बैशाख १७ २०७८
5.3K
Shares
गरिमा विकास बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

ई–आर्थिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको ८.७५ प्रतिशतमा निष्काशन गर्न लागेको गरिमा ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि दुई कम्पनीबीच एक संझौता समेत सम्पन्न भएको छ । उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन ।

बैंकले रु. १,०००/– अंकित दरको १०,००,०००/- (दश लाख) कित्ताले हुने रु. १,००,००,००,०००/- (एक अर्ब मात्र) रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ ।

गरिमा विकास बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र मिति २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो ।

त्यसैगरी बैंकले २०६४ कात्तिक १८ मा स्याङजाबाट वित्तीय कारोबारहरु सुरु ग¥यो । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रीय कार्यालय महेन्द्रपुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाडौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij