२०८३ साउन ९ शनिबार

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

ई आर्थिक    शुक्रबार, बैशाख ३ २०७८
7.9K
Shares
माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको छैन ।

व्यवस्थापनमा भएको लापर्बाही र ढिलासुस्तीका कारण आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको हो । पूर्णतय स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ ।

व्यवस्थापनमा भएको लापर्बाही र ढिलासुस्तीका कारण आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको हो । पूर्णतय स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ ।

आयोजनामा ढिलासुस्ती अब मान्य हुँदैन: प्रधानमन्त्री

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक समारोहमा निर्माणाधीन माथिल्लो तामाकोसी परियोजनामा अस्वाभाविक ढिलासुस्ती भइरहेको जनाउँदै अब ढिलासुस्ती भए नसहने चेतावनी दिएका छन् । ओलीले भने, ‘मैले एक वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । एक वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, तीन महिना अगाडि, एक महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’ अब यस्तो ढिलाइ सह्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस आयोजनालाई आफूले विशेष ध्यानमा राखेको बताउँदै भने ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘अपर तामाकोसीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडा गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

नेपाली लगानीको बहुप्रतिक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलोे परियोजनाका रूपमा रहेको यो आयोजना २०६५ चैतमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमानमा तयार पारिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको प्रतिवेदनमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएकोमा हाल आएर आयोजनाको लागत पनि बढेको छ । यो आयोजनाको लागत ३५ अर्बबाट बढेर ब्याजबाहेक ५२ अर्ब पुगेको छ भने हालसम्मको ब्याज २४ अर्ब पुगेको आयोजनाले जनाएको छ ।

विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र त्यति नै जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने

यसमा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।

भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ साल २३ पुसमा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।

पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन २०६७ मा सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको ११ वर्ष पूरा हुनै लागेको छ । आयोजना समयमा सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको छ ।

ढिलाइ हुनुलाई आयोजना व्यवस्थापनले भने २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन तथा बाढी पहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो–मेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारण देखाउँँदै आएको छ ।

भूकम्पका कारण झन्डै दुई वर्ष काम रोकिएको, केही संरचनाको डिजाइन हेरफेर तथा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराना भाइरसलगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘काबु बाहिरको परिस्थिति सिर्जना हुँदा ढिलाइ भएको हो, ती परिस्थितिलाई पार गर्दै अब हामी विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेका छांै ।’

अब आयोजना निर्माणको अन्तिम चरणमा

आयोजनामा अहिले फिनिसिङको काम भइरहेको छ । १० वैशाखभित्र बाँकी काम सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा एक डेढ साताभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । आयोजना कार्यालयका अनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण सम्पन्न भएपछि टर्बाइन र जेनेरेटरको परीक्षण थालनी हुनेछ ।

मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र त्यति नै जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

आयोजनामा ७६-७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाको निर्माण पूरा भएपछि नेपाल ऊर्जामा अत्मनिर्भर हुने बताइएको समाचार पुजा चँदाराले आजको राजधानीेमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij