२०८३ साउन ९ शनिबार

वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ नेपालीको शव नेपाल आइपुग्यो

ई आर्थिक    सोमबार, चैत्र २३ २०७७
10.4K
Shares
वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ नेपालीको शव नेपाल आइपुग्यो

ई–आर्थिक, काठमाडौं । वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपालीको शब नेपाल आइपुगेको छ । विभिन्न कारणले मलेसियामा मृत्यु भएका ती शब सबै श्रमिकका हुन ।

नेपाल आएका शब मध्ये महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विक रहेको
वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ ।

त्यस्तै भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिएका छन् ।
‘कस्तो दुःखद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकै दिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुँवर (२७ वर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij