२०८३ साउन ११ सोमबार

लहान मालपोत कार्यालयमा शक्तिशाली बम विष्फोट हुँदा आधा दर्जन घाइते, एकको अवस्था गम्भीर

ई आर्थिक    आइतबार, चैत्र १ २०७७
7.2K
Shares
लहान मालपोत कार्यालयमा शक्तिशाली बम विष्फोट हुँदा आधा दर्जन घाइते, एकको अवस्था गम्भीर

ई–आर्थिक, काठमाडौं । सिराहाको लहान स्थित मालपोत कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । आज १ बजे बम विष्फोट हुँदा आधा दर्जन घाइते भएका छन् । घाइतेहरु मध्ये एकको अवस्था गम्भीर रहेको छ ।

सेवाग्राहीहरुको सँधै भीड भइरहने उक्त कार्यालयमा आइतबार पनि ग्राहकहरुको भीड रहेको थियो । भीडभाड हुने ठाउँभन्दा केही पर रहेको कोठामा एक बजेतिर एकासी विष्फोट भएको छ । घाईतेहरु सबै सेवाग्राहीहरु हुन ।

सेवाग्राहीहरुको चाप रहेको समयमा भएको कुकर बम विष्फोटले घाइते भएकाहरुको उपचार लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक डा. तपन दाहालले जानकारी दिए । गम्भीर अवस्थामा रहेको घाइतेलाई बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल मालपोत कार्यालयमा लहान नगरपालिकाबाट गएका बारुण यन्त्रले आगो निभएको थियो । घट्ना तराइ जनतान्त्रि मुक्ति मोर्चा जय कृष्ण गोइतको समूहले गराएको पर्चा घटना स्थलमा भेटिएको इलाका प्रहरी लहानले जानकारी दिएको छ ।

घाइतेहरुको पुरै पहिचान र ठेगाना खुल्न खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान र घटनामा संलग्नहरुको पहिचानको लागि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij