२०८३ साउन ११ सोमबार

सानदार मःम सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

ई आर्थिक    बिहिबार, माघ २४ २०८१
8.6K
Shares
सानदार मःम सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

ई–आर्थिक, काठमाडौं । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट भएको छ । शक्तिशाली विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने एक जनाको अवास्था गम्भीर रहेको छ ।

मःम सेन्टरको भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई किर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

ग्याँस सिलिन्डर पड्किएको के कारण भन्ने अनुसन्धान सुरु गरिएको उहाँको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij