२०८३ साउन ९ शनिबार

महिला लघुवित्तको आईपीओ आजदेखि, थोरै निष्काशन भएपनि प्रतिफलयुक्त

ई आर्थिक    शुक्रबार, माघ ३० २०७७
9.2K
Shares
महिला लघुवित्तको आईपीओ आजदेखि, थोरै निष्काशन भएपनि प्रतिफलयुक्त

विदाकै दिन खोलिएको यो आईपीओ फागुन ५ गतेसम्म आवेदन दिन सकिने

ई–आर्थिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन आजदेखि साधारण सेयर निष्काशन गरेको छ । माघ २८ गतेदेखि गर्ने भनिएको निष्कासनलाई आज ३० गतेलाई सारिएको थियो । आज सार्वजानिक विदाकै दिन निष्काशन गरिएकाले फागुन ५ गतेसम्मलाई आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीले जारी पूँजी रू. १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू. ४ करोड बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासन गर्ने कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । माग संख्यामा आवेदन नपरे ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

थोरै संख्याको आईपीओ भएपनि यो आईपीओ लगानीको दृष्टिकोणमा प्रतिफलयुक्त मानिएको छ । प्रतिफलयुक्त आईपीओ भएकाले निष्काशनको ठूलो संख्यामा आवेदन पर्न सक्ने अनुमान गरिएको छ ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । साधारण सेयर निष्काशन पछि उक्त पूँजी रू. १० करोड पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij