२०८३ साउन ९ शनिबार

चिनि मिल सञ्चालक अग्रवाल समातिएपछि लुम्विनी चिनी मिलद्वारा उखु किसानको भुक्तानी दिन सुरु

ई आर्थिक    शनिबार, पौस १८ २०७७
9.2K
Shares
चिनि मिल सञ्चालक अग्रवाल समातिएपछि लुम्विनी चिनी मिलद्वारा उखु किसानको भुक्तानी दिन सुरु

ई–आर्थिक, परासी : उखु किसानको भुक्तानी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेपछि मिलले किसानको बक्यौता रकमको भुक्तानी दिन सुरु गरेको छ ।

पश्चिम नवलपरासीको सुनवलस्थितमा रहेको उक्त सुगर मिलका सञ्चालकलाई बिहीबार दिउँसो पर्साको वीरगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । पटकपटक भएको सहमति कार्यान्वयन नगरेकाले सञ्चालकलाई सोधपुछ गरेर भुक्तानीको सुनिश्चितताका लागि यो प्रहरीले सञ्चालक अग्रवाललाई पक्राउ गरिएको थियो ।

उक्त उद्योगको बैंक खातामा दुई करोड रुपैयाँ जम्मा गरेको भए पनि किसानलाई भने भुक्तानी दिइएको थिएन । तर सञ्चालक पक्राउ परेसँगै बिहीबार दिउँसोबाट किसानको खातामा रकम जम्मा गर्न थालेको उद्योगले जनाएको छ ।

सञ्चालक पक्राउ गरेपछि मिलका प्रबन्धक विजयकुमार गुप्ता र प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बैंकमा जम्मा भएको रकम र किसानको पुर्जीअनुसारको भुक्तानी प्रक्रिया सुरु गरेको जानकारी दिएका थिए ।

बिहीबारसम्म मिलले किसानको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरिसकेको मिलका प्रवन्धक पाठकले बताए ।

तीन वर्षसम्म पनि उखु किसानको भुक्तानी नगरेका मिलका सञ्चालक अग्रवाललाई पक्राउ गरी बिहीबार नै नवलपरासी ल्याइएको थियो ।
अग्रवालले आफैं शुक्रबार पश्चिम नवलपरासी जिल्ला प्रशासनमा उपस्थित हुने भने पनि वीरगन्ज प्रहरीले नै यहाँ ल्याएको हो ।

लुम्बिनी सुगर मिलले तीन वर्षअघिको १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको बुझिएको छ । उक्त रकम अग्रवाललाई जिल्लामै बक्यौता रकम तिर्ने प्रतिबद्धता गराइने प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij