२०८३ साउन १० आइतबार

दोहोरो अङ्कको वृद्धि दर हासिल गर्ने दिशामा केन्द्रित छौँ

ई आर्थिक    बिहिबार, मंसिर २५ २०७७
17.7K
Shares
दोहोरो अङ्कको वृद्धि दर हासिल गर्ने दिशामा केन्द्रित छौँ

नेपालको निजी क्षेत्रको प्रतिनिधिमूूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा भर्खरै सम्पन्न भएको छ । यसबाट निर्वाचित पदाधिकारीले जिम्मेवारी सम्हालिसक्नुुभएको छ । समग्र निजी क्षेत्रको नेतृत्व महासङ्घका अध्यक्ष शेखर गोल्छाको काँधमा आएको छ । कोरोना महामारीले अप्ठ्यारो स्थितिमा पुु¥याएको उद्योग–व्यवसायलाई पुुनर्जीवन दिनुपर्ने दायित्व अब यही नेतृत्वमा आएको छ । समृद्ध नेपाल निर्माणको अभियानमा निजी क्षेत्रको प्रभावकारी भूमिका निर्वाह गर्नुुपर्ने र सरकारसँग सहकार्य गर्नुुपर्नेदेखि महासङ्घको संस्थागत सुदृढीकरण गर्नुपर्ने जिम्मेवारी पनि अगाडि आएको छ । यिनै विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

महासङ्घमा नयाँ पदाधिकारीसहित तपाईं नेतृत्वमा आउनुभएको छ । निर्वाचनमा विभिन्न समूह बनाएर प्रतिस्पर्धा भएको थियो । परिणाम मिश्रित आयो । अब महासङ्घलाई अब कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा तथा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौँ । तीव्र प्रतिस्पर्धाबाट निर्वाचनको परिणाम आएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको थियो तर यहाँ बुझ्नुपर्ने के छ भने हामी व्यवसायी कुनै विचारधाराबाट प्रेरित भएर विभक्त भएका होइनौँ । यो राजनीतिक दलको जस्तो निर्वाचन पनि होइन । त्यसैले मतदान सम्पन्न हुनासाथ प्यानल भन्ने कुरा सकिएको छ । निजी क्षेत्रको उत्थान गर्ने, यसैको पैरवी गर्ने र सशक्त बनाउने हामी सबैैको साझा एजेन्डा हो । विभिन्न समूह बनाएर प्रतिस्पर्धा गरे पनि हाम्रो उद्देश्य एउटै हो । अर्को कुरा निर्वाचनको परिणामले पनि कुनै एक समूह भनेको छैन, मिश्रित खालको छ । यसले पनि हामीलाई मिलेर जाने निर्देश गरेको छ । निर्वाचनका क्रममा बनेका समूहको प्रभाव अबका दिनमा देखिँदैन । अब कुनै समूह छैन, हामी एकताबद्ध छौँ ।

नेतृत्व सम्हाल्नुअघि तपाईंले महासङ्घ र निजी क्षेत्रको निश्चित ‘भिजन’ बनाएर अगाडि बढ्ने कुरा गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षहरूले पनि निर्वाचनअघि यस्तै ‘भिजन’ सार्वजनिक गर्नुभएको थियो । अब ती कार्यान्वयन गर्ने बेला आयो । महासङ्घको अबको ‘भिजन’ के हो त ?

‘भिजन’ भन्ने कुरा कुनै व्यक्तिमा मात्रै सीमित रहँदैन । ती ‘भिजन’ महासङ्घका हुन् र सम्भवतः समग्र निजी क्षेत्रकै ‘भिजन’ हुन् । हाम्रा ‘भिजन’ समग्रमा बलियो अर्थतन्त्र निर्माण, रोजगार सिर्जना, निजी क्षेत्रको उत्थान र सशक्तीकरणसँग सम्बन्धित छन् । देशमा वार्षिक थप चार लाख युवाका लागि रोजगार सिर्जना कसरी गर्न सकिन्छ भन्ने हामीले हेर्न खोजेका छौँ । कृषि क्षेत्रको आधुनिकीकरण गर्न सकियो भने कति रोजगार सिर्जना होला, साना तथा मझौला उद्योगको उत्थान गर्दा कति रोजगार बढ्ला अथवा ठूला उद्योग थपिँदा कति रोजगार थपिएला ? हामीले त्यो हेरेका छौँ । सेवा क्षेत्रका समस्या समाधान गर्ने हो भने कति रोजगार थपिएला भन्नेमा अध्ययन गरिएको छ । अब हामी सबै वस्तुगत, जिल्ला, नगर सङ्घसँग बस्छौँ, साना मझौला व्यवसायीसँग पनि गहन छलफल गर्छौं । त्यसपछि ‘भिजन’ले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछ भन्ने मैले विश्वास लिएको छु । समग्र क्षेत्रको उत्थान तथा सशक्तीकरणमार्पmत दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गर्ने दिशामा हामी केन्द्रित छौँ । त्यो सपना हामीले देखेका छौँ ।

कोभिड–१९ ले आर्थिक वृद्धि दर घटाएको छ । यस्तो अवस्थामा दोहोरो अङ्कको आर्थिक वृद्धि दरको सपना कत्तिको सान्दर्भिक होला ? कोरोना महामारीले सिर्जना गरेका अप्ठ्यारालाई समाधान गर्न निजी क्षेत्रले के गर्छ त ?

हो, कोरोनाका कारण हाम्रो अर्थतन्त्र गम्भीर अवस्थामा पुुगेको छ । यो अवस्था नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । विश्व बैङ्कको प्रक्षेपणले यो वर्ष नेपालमा ०.२ प्रतिशत आर्थिक वृद्धि हुने भनेको छ । सरकारले १ प्रतिशतको अपेक्षा राखेको छ । हामी समग्रमा कमजोर अवस्थामा छौँ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा लाखौँले रोजगार गुमाएका छन् । साना तथा मझौला उद्यम ठूलो समस्यामा छन् । यो समस्यालाई हामीले तीन पक्षबाट समाधानको प्रयास गर्न खोजेका हौँ । पहिलो, हामीले मौद्रिक नीतिमार्पmत निजी क्षेत्रका लागि सहज वातावरण बनाउन सरकारलाई सुझाव दियौँ । मौद्रिक नीतिका सन्दर्भमा सरकार तथा राष्ट्र बैङ्कले हामी निजी क्षेत्रको सुझाव सकारात्मक रूपले लियो र सोहीअनुरूप नीतिगत व्यवस्था पनि गरेको छ । ब्याज दर घटाउने, ऋणको पुनर्तालिकीकरण गर्नुपर्ने, पुनर्कर्जाको व्यवस्था हुनुपर्नेजस्ता दिएका थियौँ । केही कार्यान्वयनमा भने ढिलाइ भएका छन् । केही परिमार्जन गर्नुपर्ने पनि छन् । त्यस विषयमा हामी छिट्टै सरकार तथा सरोकारवाला निकायसँग छलफल गर्छौं ।

दोस्रो, श्रम व्यवस्थापनको कुरा हो । श्रमिकको व्यवस्थापनमा पनि केही समस्या छन् । रोजगारदाताले उद्योग बन्द रहेको समयमा ५० प्रतिशत मात्र पारिश्रमिक भुक्तानी गर्नेगरी श्रम सङ्गठन तथा ट्रेड युनियनसँग परामर्श गरेर प्रस्ताव गरेको थियो तर अझै पनि सामूहिक सौदाबाजीको समस्या समाधान भएको छैन । यो वर्ष सामूहिक सौदाबाजी स्थगित गर्नुपर्छ भन्ने माग छ किनभने यो कठिन वर्ष हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई भेटेरै हामीले यो आग्रह गरेका छौँ ।

तेस्रो, ‘स्टिमुलस प्याकेज’को कुरा छ । यो सामाजिक, आर्थिक रूपले कमजोर जनताको हातमा पैसा पु¥याउने विधि हो । सङ्कटका समयमा उत्पादकलाई विभिन्न खाले राहत तथा छुट दिने हो । लाखौँले रोजगारी गुमाएको समयमा नगद अभावले गुजाराको समस्या पनि परेको छ । यसरी राहत उपलब्ध गराउँदा उनीहरूको क्रयशक्ति जगेर्ना हुन्छ, माग सिर्जना हुन्छ । त्यसबाट अर्थतन्त्र गतिशील हुन मद्दत पुग्छ र राजस्वसम्ममा योगदान पुग्छ । यसमा केही त कार्यान्वयन भएजस्तो भयो तर यसलाई अझै बढी प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । यसमा सरकारले सोच्नुपर्छ । हामीले पनि यसबारेमा छलफल र परामर्शलाई प्रभावकारी बनाउने छौँ ।

तपाईंले सहुलियत, छुट र ‘स्टिमुलस प्याकेज’को कुरा उठाउनुभयो । साधारण सभा उद्घाटनमै पनि प्रधानमन्त्री केपी ओलीले सरकारको गच्छे हेरेर मात्र माग्न आग्रह गर्नुभएको थियो । के तपाईंहरूको माग सरकारले पूरा गर्न सक्छ ?

महासङ्घले राज्यको क्षमतालाई अत्यन्तै गम्भीर रूपमा मनन गरिहाल्छ नै । हामी मागका लागि मागजस्तो गर्र्दैनाँै, राज्यले कति सक्ला ऊसँग गरिएका अपेक्षा कार्यान्वयन कसरी होलान् त्यो हामीले जिम्मेवारपूर्ण ढङ्गले विश्लेषण गरेरै माग गर्छौं । जस्तो कि ऋण पुनर्तालिकीकरण गर्दा राज्यलाई थप व्ययभार त पर्दैन, यो त नीतिगत व्यवस्थापन मात्र हो । पुनर्कर्जा र ब्याज दरमा सहुलियतको कुरामा पनि सरकारमाथि प्रत्यक्ष आर्थिक दायित्व सिर्जना हुँदैन । जहाँसम्म ‘स्टिमुलस प्याकेज’को कुरा छ, सरकारमा केही भार सिर्जना होला तर त्यसले त अर्थतन्त्रलाई चलायमान गराउन सहायता गर्छ । रोजगारको अवसर बढाउँछ, जनताप्रति राज्यको दायित्व पनि बहन हुने, कर राजस्वको लक्ष्य पूूरा हुने अवस्था आउँछ । सरकारलाई दीर्घकालीन लाभ हुन्छ । त्यसैले हामीले राज्यसँग अनावश्यक माग राख्ने कुरा हुँदैन ।

निजी क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्दैन, कोभिड महामारीका समयमा पनि निजी क्षेत्र लुकेर बस्यो भन्ने आरोप पनि लाग्ने गर्छ नि !

कुरा त्यस्तो होइन । यो कुरा बुझाइको फरक हो । हामीले व्यवसाय गर्ने हो । विश्वमै हेर्नुभयो भने व्यवसायीले उचित नाफा लिएर काम गर्ने हो । कोभिडको समय निकै चुनौतीपूर्ण हो । यस्तो बेलामा पनि उद्योगी–व्यवसायी आफ्नो भूमिकामा खरो उत्रिनुभएको थियो । बन्दाबन्दीका समयमा कुनै पनि सामानको अभावको अवस्था हुन पाएन । दैनिक उपभोग्य सामानको मूल्य वृद्धि भएन । आपूर्ति व्यवस्था पनि सहज भयो । त्यो निजी क्षेत्रले गर्व गर्ने विषय हो । हामीले मर्यादित तहको नाफा गर्दै आएका छौँ, त्यो गर्नु पनि पर्छ । निजी क्षेत्रले राष्ट्रिय कानुनको पालना गरेर उद्यम–व्यवसाय गरेको छ । अझ यो क्षेत्रले सामाजिक उत्तरदायित्वसमेत वहन गर्दै आएको छ । निजी क्षेत्र समाज र राष्ट्रप्रति जिम्मेवार भएरै आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेको छ । कोभिड महामारीका समयमा महासङ्घ र यसका विभिन्न सञ्जालमा आबद्ध मित्रहरूले राहत उपलब्ध गराउने, स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायत खानपानमा सघाउनेजस्ता काम गरेको थियो । हामीले महासङ्घ सचिवालयबाटै पनि यस्ता कार्य गरेका थियौँ ।

कतिपय अवस्थामा महासङ्घले नै आफ्ना सदस्यलाई नैतिकता पालना गर भन्नुपर्ने अवस्था आइरहेको देखिन्छ । व्यावसायिक मर्यादाको विषयलाई महासङ्घले कसरी कार्यान्वयन गर्ला ?

हाम्रा पूर्वअध्ययक्षहरूले व्यावसायिक आचारसंहिता बनाउनुभएको छ । त्यो आचारसंहिता अहिले पनि अपरिहार्य र सान्दर्भिक छ । हो, केही खराब प्रवृत्तिका व्यक्ति भेटिन सक्छन् । उनीहरूबाट प्रश्न उठेको हुन सक्छ त्यो त हरेक क्षेत्रमा हुन्छन् । केही खराब पात्रका आधारमा समग्र क्षेत्रमाथि दोषारोपण हुनुहुँदैन । समग्रमा नेपालको निजी क्षेत्र दक्षिण एसियामै जिम्मेवार मानिन्छ । नेपालको जीडीपी र राजस्वबीचको अनुपात दक्षिण एसियामै उत्कृष्ट छ । यसले निजी क्षेत्र कर तिर्न तयार छ भन्ने प्रमाणित गर्छ, नियत सफा छ भन्ने देखिन्छ । समृद्ध नेपाल निर्माणको सपना हामीले पनि बोकेका छौँ । राज्यको कानुन, नीति, नियम मान्दै सरकारका योजना कायक्रममा सहभागिता तथा सहकार्यसमेत गर्दै आएका छौँ ।

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध अहिले कस्तो छ त ?

अहिले सम्बन्ध राम्रो छ, सहकार्य नभई कुनै विकल्पै छैन । एक अर्कालाई विश्वास गर्नैपर्छ । सरकार र निजी क्षेत्रबीच साझेदारीका धेरै क्षेत्र हुन्छन् । विश्वासको वातावरण दुवैले बनाउनुपर्ने हुन्छ । कुनै बेला विश्वास टुटेको छ । सरकार अभिभावक हो । उसकै नीति नियममा रहेर काम गर्नुपर्ने हुन्छ । लगानीको वातावरण बनाउने, आर्थिक गतिविधि बढाउने विषयमा सहकार्य नभई हुँदैन ।

हाम्रो निजी क्षेत्र उद्यमभन्दा व्यापारमै बढी केन्द्रित देखिन्छ । यस्तो परिस्थितिमा लगानीको वातावरण बनाउने सरकार र निजी क्षेत्रको भूमिका के रहन्छ ?

नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा घट्दो छ । व्यापारको हिस्सा बढ्दो छ । व्यापार घाटा पनि बढिरहेको छ । यो अवस्थामा निजी क्षेत्रले उद्यमभन्दा व्यापारमै ध्यान दिएको देखिन्छ । यो एकदमै चुनौतीपूर्ण अवस्था हो । यसलाई फेर्नुपर्ने हुन्छ । यसको कारण के हो भने नेपालमा उत्पादनमूूलक क्षेत्रमा लगानी प्रवद्र्धन गर्न केही नीतिगत निर्णय लिनुपर्ने हुन्छ । हामीकहाँ व्यवसाय सञ्चालन लागत अत्यन्तै उच्च छ । यसमा चार–पाँचवटा पक्ष छन् । हाम्रो श्रमको उत्पादनशीलता कमजोर छ । त्यो सुधार गर्नैैपर्छ । बिजुली महँगो छ । उद्योगका लागि सस्तोमा दिइनुपर्छ । बैङ्कको ब्याज दर पनि कम गर्नुपर्छ । ठूलो रोजगार सिर्जना गर्ने दीर्घकालीन प्रकृतिको लगानी चाहिने उद्योगलाई ब्याज सस्तो बनाइनुपर्छ । हाम्रा भौतिक पूर्वाधार अत्यन्तै कमजोर छन् । कमजोर सडक सञ्जाल, भन्सार पूर्वाधारजस्ता कुरा कमजोर हुँदा उद्यमीले बढी लागत तिनुपर्ने अवस्था छ । नीति नियम पनि त्यस्तै छन् । उत्पादनमूूलक व्यवसाय गरौँ भन्यो भने दसाँै सरकारी निकाय धाउनुपर्ने, उनीहरूको अनुगमन नियमनमा बस्नुपर्ने अवस्था छ । दस निकायका कुरा मान्दामान्दै उद्योग चलाउनै मुस्किल छ । त्यसैले व्यापार ग¥यो भने कम झमेला छ । सरकारले यो अवस्था फेर्नुपर्छ । अनुगमन नियमनजस्ता कुरामा एकद्वार नीति अपनाउने कुरामा सरकारले ध्यान दिनुपर्छ ।

महासङ्घको संस्थागत सुदृढीकरण, सचिवालय सुधारजस्ता कुरा हरेक साधारण सभापछि उठ्ने गरेका विषय हुन् । तपाईंहरूले पनि भन्दै आउनुभएको थियो । अब यो दिशामा के गर्दै हुनुहुन्छ ?

सबै साथीको गुनासो सचिवालय कमजोर भयो भन्ने छ । आर्थिक पारदर्शिता कम भयो भन्ने पनि छ । यो कुरालाई हामीले गम्भीर रूपमा लिएका छौँ । हामीले यो दिशामा काम सुरु गरिसकेका छौँ । अब हिसाबकिताब पारदर्शी हुने छन् । सङ्गठनको सुधारका लागि विधान संशोधन आवश्यक छ । सदस्यहरूको सुझावमा संशोधन हुन्छ । महासङ्घलाई प्रदेश संरचनाअनुरूप केही सामयिक परिवर्तन गर्नुपर्ने हो कि भन्ने पनि देखिएको छ । त्यसैले विधान संशोधनका विषयमा संयोजक तोकेर काम गर्ने तयारी छ । गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij