२०८३ साउन ९ शनिबार

‘प्राइभेट इक्युटी लञ्च गर्ने तयारीमा छौं’

ई आर्थिक    सोमबार, बैशाख ७ २०८३
3.5K
Shares
‘प्राइभेट इक्युटी लञ्च गर्ने तयारीमा छौं’

मनिष नारायण जोशी

प्रमुख कार्यकारी अधिकृत, नबिल इन्भेष्टमेन्ट बैंकिङ लि.

नबिल इन्भेष्टमेन्टको बारेमा बताइदिनोस् न ?

यो नबिल बैंकको ‘सब्सिडरी’ कम्पनी हो । नबिल इन्भेष्टमेन्ट करिब १५ वर्ष अगाडि अर्थात सन् २०११ मा स्थापना भएको कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर इस्यु मेनेजमेन्ट, लगानी व्यवस्थापन, म्युजुल फण्ड मेनेजर, संघ संस्थाहरुको कन्सलटेसन जस्ता कामहरु गरिरहेका छौं । अर्थात नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएका सबै प्रकारकार कामहरु गरिरहेका छौं ।

नबिल इन्भेष्टमेन्टमा कुनै पनि ग्राहक सेवा लिन किन आउने ?

प्रतिष्ठित बैंकको लगानी रहेको यो एउटा पुरानो कम्पनी हो । र, हामीले उपलब्ध गराइरहेका सेवाहरु गुणस्तरीय छन् । हामीले दिने सर्भिसमा कुनै पनि कमी कमजोरी र कञ्जुस्याँइ गरेका छैन । अर्को भनेको हामीले उपलब्ध गराइरहेका सेवाहरुको विश्वसनीयताकै कारणले कुनै पनि ग्राहक हाम्रो सेवा लिन आउने हो ।

मर्चेन्ट बैंकिङ गर्ने कम्पनीहरु बजारको माग भन्दा धेरै छन् भनिन्छ । कसरी काम गरिरहनुभएको छ ?

हो, मर्चेन्ट बैंकिङ गर्ने कम्पनीहरु बढी भएजस्तो लाग्छ । हामीले एउटा रेटमा सर्भिस उपलब्ध गराइरहेका छौं भने त्यो भन्दा सस्तोमा हामी सेवा दिन्छौं भन्दै अर्को कम्पनी पुगेको अवस्था छ । यसले गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ । यस्तो अस्वस्थ प्रतिस्पर्धाले अन्तिममा कम्पनीलाई नै घाटा हुने हो । यसो गर्नु हुन्दैन । प्रतिस्पर्धा गर्नु छ भने हामीले उपलब्ध गराइरहेको सेवाको गुणस्तरमा गर्नुपर्छ । अर्को भनेको बजार जुन रुपमा बढ्नुपर्ने हो, त्यो अनुसार बढेको पाइदैन । अब हामी सबै मिलेर कसरी बजार बढाउन सकिन्छ, त्यतातिर लाग्नुपर्ने हुन्छ ।
यस्तो बजारमा हामीले कसरी काम गरिरहेका छौं भन्ने सवारमा मैले अघि पनि भनिसके कि हामी गुणस्तरमा सम्झौता गर्दैनौं । यो एउटा पुरानो कम्पनी भएकाले हामीले ग्राहकको विस्वास जितिसकेका छौं । यसले गर्दा हामीलाई बजारमा काम गर्न सजिलो भएको छ ।

बजार बढाउन के गर्नु पर्ला ?

बजार बढाउन सबैभन्दा पहिला त सरकारले ट्याक्समा बेनिफिट दिनुपर्छ । बीमा कम्पनीहरुलाई ४० हजारसम्म ट्याक्स बेनिफिट दिइएको छ । त्यस्तै हामीलाई पनि म्युचुअल फण्डमा ट्याक्स बेनिफिट दिइयो भने म्युचुअल फण्डप्रति आकर्षण बढ्छ । यसरी आकर्षण बढ्दा म्युचुअल फण्डको आकार ठूलो हुन्छ । र, यसले बजार बढाउन ठूलो भूमिका खेल्छ ।

नबिल इन्भेष्टमेन्टको वार्षिक कारोबार कति होला ?

हामी भनेको फि बेसिस कम्पनी हौं । हामीले दिएको सेवाको आधारमा हामीले फि लिने गर्दछौं । यसरी हेर्दा हाम्रो कारोबार भनेपनि इनकम भनेपनि अहिले वार्षिक ३५ करोड रुपैयाँ जति हुन्छ । यो हामीले सर्भिस दिए वापत लिएको फिको आँकाडा हो ।

भावि योजना के छ ?

हामीले इस्पेसाइज्ड इन्भेष्टमेन्ट फण्ड भनेर प्राइभेट इक्युटी लञ्च गर्ने तयारी गरिरहेका छौं । यसका लागि हामीले नेपाल धितोपात्र बोर्डमा यसको स्कीम बुझाइसकेका छौं । प्राइभेट इक्युटीको दुईवटा काम गर्छौ । त्यस्तै हामीले अहिले गरिरहेको कामको दायरा पनि अझ बढाएर अगाडि बढ्ने छौं ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij