सन्तोष भण्डारी
प्रबन्ध निर्देशक
एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड
एसबीआई मर्चेन्ट बैंकिङको बारेमा बताइदिनोस् न ?
यो नेपाल एसबीआई बैंकको सिस्टर कन्सर्न कम्पनी हो । यो कम्पनी सन् २०१६ मा स्थापना भएको हो । हामी संचालनमा आएको लगभल १० वर्ष भयो । म्युचुअल फण्ड बाहेक हामीले मर्चेन्ट बैंकिङ सम्बन्धि सबै कामहरु गरिरहेका छौं । तर म्यचुअल फण्डको काम पनि हामी चाँडै नै गर्दैछौं ।
मर्चेन्ट बैंकिङहरुको काम गर्दा तपाईहरुले चाँही कुन कुरालाई बढी फोकस गरेर अगाडि बढिरहनुभएको छ ?
हामीले मर्चेन्ट बैंकिंग सम्बन्धि प्रायः सबै काम गरेपनि कर्पोरेट एड्भाइजरीलाई फोकस गरेर अगाडि बढिरहेका छौं । अहिले हेर्ने हो भने नेपालमा कर्पोरेट एड्भाइजरी सम्बन्धी खासै कन्सेप्ट नै देखिदैन । यसमा पनि हामीले साना साना प्रोजेक्ट भन्दा पनि ठूला ठूला प्रोजेक्टहरुमा काम गर्न खोजिरहेका छौं । एसबीआई बैंक भारतको ठूला बैंकहरुमध्ये एक भएकाले नेपालमा भारतको लगानी रहेका ठूला ठूला प्रोजेक्टहरु र हाइड्रोपावरहरुको फण्ड म्यानजमेन्टदेखि लिएर प्रोजेक्ट एनलाइसिज जस्ता कामहरुमा हामी …इन्भल्भÚ हुन खोजेका छौं । एनबीआई जस्तो ठूलो इन्टरनेशनल बैंकको सब्सिडेरी नाताले यसमा चाँही हामीले कन्टिब्युसन गर्न सक्छौं जस्तो लाग्छ ।
एसबीआई जस्तो ठूलो बैंकको सब्सिडेरी भएकाले तपाईहरुलाई काम गर्न सजिलो भएको हो ?
हामीले एसबीआई बैंकको सब्सिडेरी भएकाले हामीलाई काम गर्न सजिलो छ । जस्तो कि हामीले अहिले भारतको एउटा बैंकको कर्पोरेट एड्भाइजरी सम्बन्धी सानो काम गरिरहेका छौं । जबकि यहाँ यतिधेरै प्रतिस्पर्धा हुँदा पनि एसबीआईको लोगोका कारणले हामीलाई नै काम दिइएको थियो । एसबीआई क्याप भनेको भारतमा मात्र नभएर विश्वमा नै छ उसँग एफिलेसन भएर काम गर्दा धेरै नै सजिलो हुन्छ । हामीले एसबीआईसँगको एफिलेसनका कारणले एफडीआई भित्र्याउने सम्मको काम पनि गर्न सक्छौं ।

एसबीआई मर्चेन्टको विशेषता के कस्ता छन् ?
अरु कम्पनीहरुले जस्तै हामीले पनि त्यही सर्भिस दिने हो । हाम्रो जुन प्यारेन्ट्सको स्ट्रक्चर छ त्यसमा चाँही सेक्युर्ड हुन सकिन्छ । जस्तो हाम्रो प्यारेन्स बैंकको पनि ट्रिपल ए रेटिङ छ । त्यही लेगेसी बोकेको संस्था हो एसबीआई मर्चेन्ट बैंकिंङ । हामीले अरु कम्पनीहरुले दिएको सर्भिस झै सर्भिस दिइरहेका छौं । त्यसमा सेक्युरिटी र ट्रष्टमा हामी प्लस छौं ।
एसबीआई मर्चेन्टको भावी योजना के छ ?
भावी योजनाको कुरा गर्दा म्युचुअल फण्ड हाम्रो टप प्राइरटीमा पर्छ । त्यस्तै कर्पोरेट एड्भाइजरी सम्बन्धी काम गर्ने रहेको छ ।