२०८३ साउन १२ मंगलबार

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०७७
4.7K
Shares
प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ, कात्तिक २१ गते । नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकोमा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij