२०८३ साउन १२ मंगलबार

कोभिड–१९ का संक्रमितलाई खाना र औषधी खुवाउने रोबोट सार्वजानिक

ई आर्थिक    मंगलबार, कार्तिक ४ २०७७
4.5K
Shares
कोभिड–१९ का संक्रमितलाई खाना र औषधी खुवाउने रोबोट सार्वजानिक

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का संक्रमितलाई खाना र औषधी खुवाउने रोबोट (यान्त्रिक) सार्वजानिक गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्यूनीकरणमा सहयोगी बन्न सक्ने उक्त रोबोट सार्वजनिक गरेको हो । उक्त रोबोटलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कणेंलले प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका थिए ।

नाष्टमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा ‘इनोभेषन ग्रुप’ ले निर्माण गरेको सो रोबोटले नेपाली र अँग्रेजी दुबै भाषामा कुराकानी गर्दछ । त्यस्तै कोरोना महामारीबाट बच्न सूचना दिने, मास्क र स्यानिटाइजर समेत दिन्छ ।

हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाएको यान्त्रिकले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनिटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सूचनाहरु दिन सक्ने क्षमता रहेको इन्जिनियर रोशन पाण्डेले बताए ।

रोबोटले आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्ने इन्जिनियर पाण्डले बताए । सो रोबोट महिला सेविकाको स्वरुपमा तयार भएको यान्त्रिकले मानिसको शरीरको तापक्रम पनि नाप्ने काम गर्छ ।

रोबोटमा २५ वटा विभिन्न प्रकारका मोटर जडान गरिएको छ । त्यसैको मद्दतबाट रोबोट राम्रोसँग चलायमान हुन तथा हिँड्डुल गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij