२०८३ साउन १२ मंगलबार

नेपालमा कोरोना : काठमाडौं उपत्यकामा ६ सय ४५ सहित देशभर १३ सय १३ जना संक्रमित थपिए, ६ जनाकाे मृत्यु

ई आर्थिक    शुक्रबार, असोज ९ २०७७
4.2K
Shares
नेपालमा कोरोना : काठमाडौं उपत्यकामा ६ सय ४५ सहित देशभर १३ सय १३ जना संक्रमित थपिए, ६ जनाकाे मृत्यु

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाईरसका १३ सय १३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नयाँ संक्रमित थपिए सँगै कुल संक्रमित ७० हजार ६१४ पुगेको छ । जसमध्ये १८ हजार २८९ जनामा सक्रिय रहेका छन्।

आज काठमाडौँ उपत्यकामा ६ सय ४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौँमा ५०३ जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जनामा संक्रमणा देखिएकाे हो।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेकाे छ ।

पछिल्लो चौबीस घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ । हिजाे सबैभन्दा बढी नेपालमा १७ जनाकाे संक्रमितको मृत्यु भएको थियाे । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४५९ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij